काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आव ०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले कात्तिक २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कायम चुक्ता पँुजी ९९ करोड ५१ लाख रुपैयाँमा कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।

ADVERTISEMENT