काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८२/०८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनामा १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा २५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

चालु वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

ADVERTISEMENT

सो अवधिसम्ममा कम्पनीले ४ अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले चालु आव असोज मसान्तसम्ममा खुद बीमाशुल्क ४ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

ADVERTISEMENT

कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ७७ करोड ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.५९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५ रुपैयाँ ६५ पैसा रहेको छ ।