काठमाडौं । सिटिजन लाइफ इन्सयोरेन्सले आर्थिक वर्ष ०८२/०८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनामा १३ करोड १४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा १३ करोड ९ लाख २९ रुपैयाँ आर्जन गरेको थियो ।
चालु वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिसम्ममा कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्ले आव सो अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । जुन अघिल्लो आवको तुलनामा २७.७७ प्रतिशतले बढी हो ।
कम्पनीले चालु आव असोज मसान्तसम्ममा खुद बीमाशुल्क २ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ९३ पैसा रहेको छ । कम्पनीके पीई रेसियो ४१.३७ रुपैयाँ रहेको छ ।






