काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लाका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका प्रभावित परिवारलाई स्ट्याण्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको कम्पनीले जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई आवश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरूको दैनिक जीवनयापनमा केही राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। राहत वितरणमा स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूको समेत समन्वय रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले वितरण कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT

सिटिजन लाइफले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थान तथा समुदायमुखी कार्यक्रममार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

ADVERTISEMENT