काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको काम धमाधम हुँदैछ।

ADVERTISEMENT

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन् अब हुने एनपीएलको दोस्रो संस्करण खेल यहि मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसपालीको खेल तालिका पनि सार्वजनिक भएको छ भने तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ।

तालिका अनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र प्लेअफका ३ तथा फाइनल खेल फ्लडलाइटमा हुनेछन्।

ADVERTISEMENT