काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।