कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो।
यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।

यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ ।
वि.सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी ९दोधारा–चाँदनी० ले निकै सास्ती भोग्नुपरेको थियो ।








