काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) र बजाज पल्सरबीच आधिकारिक पार्टनरसिप सम्झौता भएको छ। यस सम्झौतासँगै बजाज पल्सर एनपीएलको मुख्य साझेदार बनेको छ। नेपाल प्रिमियर लिग मंसिरदेखि सुरु हुँदैछ,सम्झौताअनुसार, बजाज पल्सरले आगामी नेपाल प्रिमियर लिगमा विभिन्न प्रचार–प्रसार तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्नेछ। एनपीएल यस वर्ष मंसिर महिनादेखि सुरु हुने तयारीमा रहेको छ।

एनपीएलका आयोजकले यो सहकार्यलाई नेपालको खेल क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यस्तो साझेदारीले देशमा क्रिकेटको व्यावसायिकता र लोकप्रियता थप वृद्धि गर्ने विश्वास गरिएको छ।

नेपाल प्रिमियर लिगमा देशका विभिन्न फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने र टुर्नामेन्टलाई देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिन्छ।

ADVERTISEMENT

 

ADVERTISEMENT