काठमाडौं । सरकारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनलाई दिइएको सुविधा फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

उनको सुरक्षामा सशस्त्र प्रहरीका १३ सहित नेपाल प्रहरी पनि खटिएका थिए । मापदण्डअनुसार उनले पाउने दुईजना कायमै राखेर सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार मापदण्डअनुसार पाउनुपर्ने सुरक्षा यथावत रहेको जानकारी दिए ।