काठमाडौं । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ ।
मृतकका आफन्तले सोमबार प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ ।
अस्पतालको लापरबाहीले गर्भवती मिना राईको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ ।
आक्रोशित आफन्तहरुले आइतबर पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए । तोडफोड र अन्य सम्भावित आक्रमण हुन सक्ने अनुमान गर्दै अस्पतार परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि मृतकका आफन्त अस्पतारभित्रै पुगेर तोडफोडमा उत्रिएका छन् ।








