काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

ADVERTISEMENT

आज चाँदी प्रतितोला पाँचले बढेर तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार पुगेर झरेको हो । लक्ष्मीपूजाको दिन सोमबार तीन सयले मात्र बढेको छ । आइतबार सुनको भाउ घटेको थियो ।

ADVERTISEMENT