काठमाडौँ । आजदेखि तिहारको सार्वजनिक बिदा शुरु भएको छ । अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन् । कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । अर्को दिन शुक्रवार तिहारको बिदा र शनिबार पनि बिदा नै हुने भएकाले आउँदो आइतवारदेखि मात्रै सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएका हुन् ।

तिहार तथा छठ पर्व मनाउन कतिपयले काठमाडौँ छोड्नेक्रम शुरु भएको छ । यसवर्ष तिहारका लागि झन्डै छ लाख मानिस काठमाण्डौ उपत्यकाबाट बाहिरिने यातायात व्यवसायीको अनुमान छ । काठमाण्डौमा तिहारका बेला दशैँमा जस्तो सुनसान भने हुँदैन ।