काठमाडौं । नेपाललगायात विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायतका संस्थाहरूसँग समन्वय गरी ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका साथ बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ‌।

सो अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौं प्रदेशका स्थानीय निकायहरुलाई सम्मान प्रदान गरिएको छ ।

सम्मान प्राप्त गर्ने स्थानीय निकायहरुमा कोशी प्रदेशीको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेशी प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदुरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुला छन् ।