काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ६ सय रुपैयाँले बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रूपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा पनि लगातार बढ्दै रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता सोमबार २५ सय रुपैयाँले बढेको थियो।
मंगलबार सुन तोलामा २३ सयले बढ्दै प्रतितोला दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार नौ सय ५५ रूपैयाँ तोकिएको छ। यो साता सोमबार र मंगलबार चाँदी प्रतितोला दुई हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।






