काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा जम्मा गर्नेगरी डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।

इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई एक करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

‘नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा जम्मा गर्नेगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले मिति २०८२।०६।२१ गते मंगलबारका दिन अर्थमन्त्री श्री रामेश्वर खनालज्यूलाई रु. १, ५०,००००० (अक्षरेपी एक करोड पचास लाख रुपैयाँ) को चेक हस्तान्तरण गर्नुभएको व्यहोरा जानकारी गराइन्छ,’ इन्स्योरेन्सले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

ADVERTISEMENT

पछिल्लो समय विभिन्न निजी संघसंस्था, प्रतिष्ठानले भौतिक पूर्वाधार कोषमा जम्मा हुने गरी सहयोग रकम प्रदान गर्दै आएका छन् ।

ADVERTISEMENT