पोखरा । विश्वप्रसिद्ध यात्रा प्रकाशन संस्था लोन्ली प्लानेटले सन् २०२७ मा एसियाका उत्कृष्ट गन्तव्यहरूको सूचीमा पोखरा ११औँ स्थानमा परेको जनाएको छ ।

‘२६ वेस्ट प्लेसेस टु भिजिट इन एसिया इन २०२७’ शीर्षकको सूचीमा नेपालबाट पोखरा समावेश भएको थियो । सूचीमा जापानको ओकिनावा पहिलो, चीनको चेङ्दु दोस्रो र भारतको गुजरात तेस्रो स्थानमा छन् । भियतनामको दानाङ चौथो, लाओसको लुआङ प्राबाङ पाँचौँ स्थानमा छन् ।

ADVERTISEMENT

पोखरालाई हिमालको मनोरम दृश्य, फेवाताल, प्राकृतिक सौन्दर्य र पदयात्रापछि आराम तथा पुनर्ताजगी लिन उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ । ताल किनारको वातावरण, मन्दिर, बजार, क्याफे तथा स्थानीय आतिथ्य पोखराका आकर्षणका रूपमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

पोखरा सूचीमा ११औँ स्थानमा रहँदा भारतको जयपुर १०औँ, श्रीलंकाको एल्ला १२औँ तथा सिंगापुर १३औँ स्थानमा छन् । भुटानको पारो १८औँ र जापानको टोकियो २५औँ स्थानमा समावेश छन् ।

लोन्ली प्लानेटको यो सूचीले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप प्रचार तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।