काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको मूल्य १४९ रुपैयाँ नाघेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा कायम भएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा रहेको छ।
अन्य मुद्रातर्फ अस्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा तोकिएको छ।
त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११६ रुपैयाँ कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।












