काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसाय सञ्चालनलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् ।
व्यवसाय सञ्चालनमा विभिन्न चुनौती सामना गर्नुपरे पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व बुझाएको र रोजगारी सिर्जनामा योगदान पुर्याएको भन्दै भाटभटेनीलाई सम्मान गरिएको हो ।












