काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपले आफ्नो नयाँ अपडेटमार्फत दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा थपेको छ । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआरदेखि अस्पतालको खाली बेड र ब्लड बैंकको जानकारी पाउन सकिने सुविधासम्म समेटिएका छन् ।
नयाँ अपडेटमा नेपाली भाषामा डिजिटल काम सहज बनाउने ओसीआरसँगै स्वास्थ्य, बजार, यात्रा र सार्वजनिक सेवासम्बन्धी टुल्सलाई प्राथमिकता दिइएको छ । फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने नयाँ अपडेटको प्रमुख सुविधा नेपाली ओसीआर हो । यसमार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ । किताब, पत्रपत्रिका, सूचना वा अन्य कागजातको फोटो खिचेर त्यसमा भएको सामग्री पुनः टाइप नगरी डिजिटल रूपमा प्रयोग गर्न सकिनेछ ।
विद्यार्थी, शिक्षक, पत्रकार तथा नेपाली भाषाका सामग्रीसँग नियमित काम गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुन सक्छ । पानी पिउन सम्झाउनेदेखि बीएमआई गणनासम्म एपमा थपिएको वाटर रिमाइन्डरले प्रयोगकर्तालाई निर्धारित समयमा पानी पिउन सम्झाउनेछ । प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार रिमाइन्डर सेट गर्न सक्नेछन् । त्यस्तै, बीएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा बडी मास इन्डेक्स गणना गर्न सहयोग गर्छ । वल्र्ड क्लकमार्फत विभिन्न देश तथा सहरको स्थानीय समय पनि हेर्न सकिन्छ ।
अस्पतालको खाली बेड र ब्लड बैंकको विवरण स्वास्थ्य सेवासँग सम्बन्धित जानकारी सहज बनाउने उद्देश्यले एपमा अस्पतालमा उपलब्ध खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको विवरण थपिएको छ । आवश्यक परेको समयमा अस्पतालको बेड उपलब्धता र ब्लड बैंकसम्बन्धी जानकारी खोज्न यी सुविधा उपयोगी हुन सक्छन् । लोकसेवा र टेन्डरका सूचना एउटै एपमा सरकारी अवसर तथा सूचनामा चासो राख्ने प्रयोगकर्ताका लागि लोकसेवा आयोग र टेन्डरसम्बन्धी जानकारी पनि समावेश गरिएको छ ।
यसले लोकसेवा तयारी गरिरहेका विद्यार्थी, सरकारी अवसर खोज्ने व्यक्ति तथा व्यवसायीलाई सम्बन्धित सूचना प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । इन्धन खर्चदेखि तरकारीको मूल्यसम्म नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्य हेर्न सकिने सुविधा पनि थपिएको छ । ट्रिप क्याल्कुलेटरमार्फत यात्राको दूरी र सवारीसाधनको इन्धन खपतका आधारमा सम्भावित इन्धन खर्च अनुमान गर्न सकिन्छ । त्यस्तै, तरकारीको मूल्य र जिल्लागत मौसमसम्बन्धी जानकारी पनि एपबाट प्राप्त गर्न सकिनेछ ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, विदेशी मुद्रा विनिमय दर, डकुमेन्ट स्क्यानर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, कर तथा ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरलगायत सुविधा उपलब्ध थिए । नयाँ अपडेटसँगै समाचार र मनोरञ्जनमा मात्र सीमित नभई दैनिक जीवनका विभिन्न आवश्यकता, सूचना तथा डिजिटल उपकरण एउटै एपमार्फत उपलब्ध गराउने दिशामा नेपा एपले आफ्नो सेवा विस्तार गरेको छ ।









