काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगन्जमा बिहीबार बिहान करिब ४ बजे उनको शल्यक्रिया गरिएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।
चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ। हाल सविनाको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य रहेको जनाइएको छ।
शल्यक्रियाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं अस्पतालमा उपस्थित थिए।









