काठमाडौं । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो । यस वर्ष घटस्थापना २५ असोजमा परेको छ ।

ADVERTISEMENT

बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको छ । दसैंमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायात सहज बनाउन यस्तो व्यवस्था गरिएको हो ।

ADVERTISEMENT

विभागका अनुसार सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएका मार्गमा भने उक्त बन्देज कायमै रहनेछ ।