बुटवल। रुपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन्।देवदह–७ का दीपक खरेलको घरमा आएको अवस्थामा २२ वर्षीय रायन खत्री क्षेत्रीलाई खरेलले समाएको पेस्तोलबाट गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
गोली लागेर घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
प्रहरीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा अचानक गोली चलेको हो। घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलसमेत नियन्त्रणमा लिएको जनाएको छ।






