काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमै रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका क्रममा श्रीलङ्काका समकक्षी हेराथसँग भेट गरेका खनालको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

त्यसक्रममा उनीहरूले नेपाल–श्रीलङ्का द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

ADVERTISEMENT

भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।

भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलङ्का मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएका छन्।

ADVERTISEMENT

उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।