काठमाडौँ । जापानमा भएको ११औँ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले छ पदक जितेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेका हुन्।

ADVERTISEMENT

प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्धरले नेपालका लागि स्वर्ण पदक जित्दा निरुपा डोङ तामाङले रजत पदक प्राप्त गरेको राखेपले जनाएको छ।

ADVERTISEMENT

एरिकाले ६८ केजीमाथिको तौल समूहमा तथा राकेशले ६० केजीमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्। निरुपाले ६८ केजीमुनि र मीनबहादुर तामाङले ६७ केजीमुनिको स्पर्धामा क्रमशः रजत र कास्य पदक जिते।

नेपालले कुमितेतर्फ टिम स्पर्धामा पनि कास्य पदक हात पारेको छ।

ADVERTISEMENT

यस्तै मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटी सम्मिलित काता टोलीले कास्य पदक जितेको हो । प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मुख्य प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठले गरेका थिए।