काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुख मनोनयन गरेको छ।
अध्यक्ष रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले मल्ललाई उपप्रमुखको जिम्मेवारी दिएको हो।
पछिल्लो समय नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहेका मल्लले रास्वपाको समानुपातिक सूचीमा परेपछि राजीनामा दिएका थिए।
यद्यपी उनको नाम समानुपातिक सांसदमा भने सिफारिस भएको थिएन।
नेपाली राष्ट्रिय टोलीमा दुई दशक खेलेका मल्लले पारस खड्कापछि कप्तानी सम्हालेका थिए। तर उनलाई मिडियामा खेलाडीको पक्षमा बोलेको भन्दै कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाइएको थियो।
मल्ल रास्वपामा सक्रिए भएपछि अहिले क्रिकेटबाट टाढा छन्। यद्यपी उनले पारस खड्कासँग मिलेर खोलेको क्रिकेट एकेडेमी भने सञ्चालनमा छ।






