काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । अघिल्लो दिन २१.१९ अंकले बढेको बजार आज ११.९३ अंकले बढेर नेप्से परिसूचक २६३४.३६ बिन्दु कायम भएको छ ।

यस दिन १७७ वटा कम्पनीको मूल्य बढ्दा ८५ वटाको घटेको छ भने १६ वटाको स्थिर छ ।

ADVERTISEMENT

नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो ५ अर्ब ३८ करोडको सेयर कारोबार भएकामा आज बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

लगानी र ‘अन्य’बाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा छ । यो समूहको सूचक १.०८ प्रतिशतले बढेको हो ।

आज धौलागिरि लघुवित्तको मूल्य १२.४३ प्रतिशतले बढ्दा नारायणी डभेलपमेन्ट बै.कको ६.४४ प्रतिशतले बढेको छ । यता, हाथवे इन्भेस्टमेन्टको २.९७ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

सिद्धार्थ बैंकले लाभांश दिन घोषणा गरेसँगै यो स्टक सर्वाधिक ३३ करोड ६२ लाख रुपैयाँबराबरको किनबेच भएको हो ।