काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले उपसमितिले तयार पारेको विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको हो। विधेयकको अध्ययन तथा प्रतिवेदन तयार गर्न समितिले यसअघि उपसमिति गठन गरेको थियो।

ADVERTISEMENT

समिति सभापति हरि ढकालले प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको जानकारी दिँदै बिहीबारै बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी रहेको बताए। उनले प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सचिवलाई निर्देशनसमेत दिएका छन्।

ADVERTISEMENT

समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न भदौ ४ गते गठन गरेको उपसमितिको सदस्यको जिम्मेवारीसमेत हेरफेर गरेको छ। दीपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम उपसमितिको सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो।

ADVERTISEMENT