काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न समिति गठन गरेको छ । महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
पार्टीको गत भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले बताए ।
१. विपिन कुमार आचार्य – संयोजक
२. गणेश पराजुली – सदस्य
३. मनिष झा – सदस्य
४.समीक्षा बास्कोटा – सदस्य
५. अनुष्का श्रेष्ठ – सदस्य
६. सुलभ खरेल – सदस्य
७. मनिष खनाल – सदस्य
८. सुशान्त वैदिक – सदस्य
९. गजला शमिम मिकरानी – सदस्य
१०. करिस्मा कठरिया – सदस्य
११. प्रमोद न्यौपाने – सदस्य





