काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य सूचीअनुसार अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघले जनाएको छ। उत्पादन लागतमा वृद्धि तथा बजार मागलाई सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ।

ADVERTISEMENT

यसअघि भदौ ४ गते तोकिएको मूल्यअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ थियो। १५ रुपैयाँ बढेसँगै यसको मूल्य अब ६०५ रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

त्यस्तै, ठूलो आकारको अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँबाट बढेर ५९० रुपैयाँ पुगेको छ। मिडियम अन्डाको मूल्य पनि ५३५ रुपैयाँबाट बढेर ५५० रुपैयाँ कायम गरिएको छ।

सानो अन्डाको मूल्य भने प्रतिक्रेट ३ हजार २०० रुपैयाँमै यथावत राखिएको छ। संघले तोकेको मूल्य फार्म मूल्य भएकाले उपभोक्ताले बजारमा खरिद गर्दा फरक मूल्य तिर्नुपर्नेछ।

ADVERTISEMENT

मिडियम अन्डा दुईवटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ अर्थात् प्रतिगोटा साढे २२ रुपैयाँ तिर्नुपर्ने बताइएको छ। संघका सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार बनाएर देशभरका लागि अन्डाको नयाँ मूल्य निर्धारण गरिएको हो।

पछिल्लो समय कुखुराको दाना, औषधि तथा ढुवानी खर्चमा निरन्तर वृद्धि भइरहेकाले किसानहरू मर्कामा परेको संघले बताउँदै आएको छ। लागत बढ्दै गएपछि उत्पादनलाई निरन्तरता दिन मूल्य समायोजन आवश्यक भएको संघको दाबी छ।