काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवको डीएनए नमुना संकलन तीव्र पारिएको छ।
सरकारले शवको पहिचान तथा व्यवस्थापन सहज बनाउन मृतकसँगै सम्भावित आफन्तको डीएनए नमुना संकलन गरिरहेको हो। संकलित नमुना परीक्षणबाट शवको पहिचान खुलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढीपछि विभिन्न स्थानमा फेला परेका कतिपय शवको अवस्था बिग्रिएका कारण प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा डीएनए परीक्षणबाट मृतक र आफन्तबीचको जैविक सम्बन्ध पुष्टि गरी सनाखत गर्ने प्रक्रिया अघि बढाइएको छ।






