साँग्रिला मोटर्सले लिपमोटरको अपग्रेडेड सी–१० एसयूभी नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो शो २०२६ को चौथो दिन शुक्रबार कम्पनीले नयाँ सी–१० सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो ।नेपालमा यसअघि सन् २०२४ देखि बिक्री हुँदै आएको सी–१० करिब दुई वर्षपछि विभिन्न सुधारसहित बजारमा आएको हो । नयाँ मोडलमा डिजाइन तथा प्रविधिसँगै केही महत्वपूर्ण फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

अपग्रेडेड लिपमोटर सी–१० को नेपाली बजार मूल्य ७५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार सरकारले विद्युतीय सवारीमा लाग्ने करको दरमा गरेको परिवर्तनका कारण नयाँ मोडलको मूल्य केही बढेको हो ।
साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाका अनुसार नयाँ सी–१० मा केही प्राविधिक तथा सुविधाजन्य सुधार गरिएको छ । यसमा पहिलोपटक वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध गराइएको छ ।

ADVERTISEMENT

१६० किलोवाटको मोटर, ६९.९ किलोवाट आवर ब्याट्री
लिपमोटर सी–१० रियर ह्वील ड्राइभ (च्ध्म्) प्रणालीमा उपलब्ध इलेक्ट्रिक एसयूभी हो । यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ भने ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार सी–१० ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.५ सेकेन्डमा पूरा गर्न सक्छ । लिपमोटरले सी–१० मा सेल–टु–च्यासिस (ऋभिि–तय–ऋजबककष्क) प्रविधि प्रयोग गरेको छ । यसले गाडीको संरचनालाई थप मजबुत बनाउनुका साथै केबिनमा उपलब्ध स्पेस बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ । नयाँ मोडलमा ह्यान्डलिङसमेत पहिलेको तुलनामा सुधार गरिएको बताइएको छ ।

ADVERTISEMENT

८४ किलोवाटसम्म डीसी फास्ट चार्जिङ
चार्जिङतर्फ सी–१० ले अधिकतम ८४ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ब्याट्रीलाई करिब ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।एसयूभीमा भेहिकल–टु–लोड (ख्२ी) सुविधा पनि उपलब्ध छ । यसमार्फत गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।
१४.६ इन्च स्क्रिन र पानोरामिक सनरुफ सी–१० को इन्टेरियरमा पनि उल्लेखनीय सुविधा दिइएको छ । यसमा १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन र पानोरामिक सनरुफ उपलब्ध छ ।

गाडीको सिट फोल्ड गरेपछि करिब १.८ मिटर लामो समतल स्थान तयार गर्न सकिने कम्पनीको भनाइ छ । यसका कारण लामो यात्रा तथा क्याम्पिङका लागि समेत गाडी प्रयोग गर्न सकिने देखिन्छ । यसअघि नाइमा मोबिलिटी एक्स्पोमा आफ्नो एसयूभी लाइनअपको अर्को मोडल बी–०३ एक्स सार्वजनिक गरिसकेको साँग्रिला मोटर्सले नाडा अटो शोमा भने सी–१० को नयाँ संस्करणलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको हो । युरोपेली अटोमोबाइल समूह स्टेलान्टिसको लगानी रहेको लिपमोटर ले पछिल्लो समय चीनसँगै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । नेपालमा पनि कम्पनीले विभिन्न मोडलमार्फत विद्युतीय एसयूभी बजारमा आफ्नो दायरा बढाउँदै लगेको छ ।