काठमाडौं — रसुवास्थित लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन्। २० मेगावाट क्षमताको आयोजनाको सुरुङमा काम गरिरहेका मजदुर बाढीका कारण फसेका हुन्।

आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार नदीको सतहभन्दा करिब १ सय मिटरमाथि रहेको सुरुङमा मजदुरहरू काम गरिरहेका थिए। बाढी आएपछि उनीहरू सुरुङभित्र फसेका हुन्।

ADVERTISEMENT

फसेका मजदुरसँग मोबाइल सम्पर्कसमेत हुन नसकेको भट्टराईले जानकारी दिए । उनका अनुसारउनीहरूको उद्धारका लागि तत्काल पहल आवश्यक भए पनि उद्धारमा प्रयोग गर्न हेलिकप्टर उपलब्ध हुन सकेको छैन।

ADVERTISEMENT

‘आफैं हेलिकप्टर लिएर जाने प्रयास गरेको थिएँ, तर सबै हेलिकप्टर सरकारले परिचालन गरेकाले उपलब्ध हुन सकेन,’ भट्टराईले भने, ‘उद्धारका लागि सरकारका सम्बन्धित निकायले तत्काल तत्परता देखाउनुपर्छ।’

आयोजनामा करिब ६० जना मजदुर कार्यरत रहेको बताइएको छ। तीमध्ये हेडवर्क्समा काम गरिरहेका कर्मचारीहरू सुरक्षित रहेको जानकारी आएको छ भने अन्य कर्मचारी तथा मजदुरको अवस्थाबारे पूर्ण विवरण प्राप्त भइसकेको छैन।

ADVERTISEMENT

फसेका मजदुरको अवस्थाबारे यकिन जानकारी नआएकाले उद्धारका लागि सरकारी निकायको तत्काल सक्रियता आवश्यक देखिएको छ।