काठमाण्डौ — पल शाहको निर्माणमा बनिरहेको फिल्म ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार बिक्री भएको छ।

निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको  प्रदर्शन अधिकार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा बिक्री गरिएको हो।

ADVERTISEMENT

अन्य देशबाट पनि फिल्म रिलिजका लागि कुरा भइरहेको भन्दै निर्माण पक्षले चाँडै फाइनल हुने उल्लेख गरेको छ। फिल्म ‘मोहर’पछि विदेशी बजारमा पलको क्रेज बढेको छ।

ADVERTISEMENT

पलले नै अभिनय गरेको फिल्म ‘आ बाट आमा’ले पनि विदेशी बजारमा सुखद व्यापार गरेको थियो। फिल्म ‘यानीमाया’ पनि घोषणा भएसँगै चर्चामा छ। यो फिल्मको ४० दिनको सेड्यूल तय गर्दै छायांकन भइरहेको छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भइरहेको यो फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ।

ADVERTISEMENT

फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरुको रूपमा छन्। चन्द्र ज्योति आले र पल शाहको लगानीमा तयार हुन लागेको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ। गुन्डुको छायांकन सकेपछि यसको निर्माणपक्ष पर्वत जानेछ।