काठमाडौं । नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित डिक्सीसी एरिना (मरारा क्रिकेट मैदान) मा नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागी भएको हो। यसअघि गत संस्करणमा सिनियर टोलीले प्रतियोगिता खेलेको थियो। त्यसबेला नेपालले लिग चरणका ६ मध्ये चार खेलमा हार र दुई खेलमा जित निकालेको थियो।

ADVERTISEMENT

यसपटक भने नेपाल ‘ए’ टोली लिग चरण पार गर्दै अर्को चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण रहेको छ। कप्तान अनिलकुमार साहको नेतृत्वमा रहेको टोलीमा कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बमलगायत सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीसमेत छन्।

ADVERTISEMENT

नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध नेपालले यसअघि एकपटक खेलेको थियो। गत संस्करणको उक्त खेलमा नेपाल ४२ रनले पराजित भएको थियो। यसपटक नेपालसँग सोही प्रतिद्वन्द्वीविरुद्ध विगतको नतिजा सुधार गर्ने अवसर छ।

टप एन्ड टी–२० मा नेपालले दोस्रो खेल भोलि बंगलादेश हाई पर्फर्मेन्स टोलीविरुद्ध खेल्नेछ। त्यसपछि नेपालले हबर्ट हुरिकेन्स एकेडेमी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, हाइडराबाद किङ्समेन एकेडेमी र भिक्टोरियासँग खेल्ने तालिका छ।

ADVERTISEMENT