हुम्ला । कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका छन् ।
दिउँसो २ बजे खार्पुनाथ गाउँपालिका–१ सुनाखाडाको कर्णाली नदीमा पौडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता भएका हुन् ।
खार्पुनाथ गाउँपालिका–१ लालिगाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताए ।
उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।





