काठमाडौं । लक्ष्मी मोटरहबले काठमाडौंको नक्सालमा बीएआईसी तथा आर्कफक्स ब्रान्डका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले आर्कफक्स टी–१ इलेक्ट्रिक क्रसओभरको बुकिङ तथा टेस्ट ड्राइभसमेत सुरु गरेको जनाएको छ।

आर्कफक्स टी–१ यसअघि NAIMA Nepal Mobility Expo 2026 मा पहिलोपटक नेपाली उपभोक्तामाझ सार्वजनिक गरिएको थियो। एक्स्पोमा दुई दिन मात्रै प्रदर्शनमा राखिएको भए पनि गाडीले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ।

ADVERTISEMENT

कम्पनीका अनुसार एक्स्पो अवधिमा मात्रै टी–१ का १७० भन्दा बढी युनिट बुकिङ भएका थिए। एक्स्पो सकिएपछि पनि नक्सालस्थित नयाँ शोरुममा गाडी हेर्न, टेस्ट ड्राइभ गर्न तथा बुकिङ गर्न आउने ग्राहकको संख्या बढिरहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

नेपाली बजारमा आर्कफक्स टी–१ LV-02 र LV-03 गरी दुई भेरियन्टमा उपलब्ध छ। LV-02 को मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र LV-03 को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

करिब ४.३ मिटर सेग्मेन्टमा पर्ने टी–१ लाई कम्पनीले फिचर–लोडेड इलेक्ट्रिक क्रसओभरका रूपमा प्रस्तुत गरेको छ। आधुनिक डिजाइन, प्रविधि, कम्फर्ट, ड्राइभिङ रेन्ज र प्रतिस्पर्धी मूल्य यसको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

ADVERTISEMENT

लक्ष्मी मोटरहबका अनुसार अब इच्छुक ग्राहकले नक्सालस्थित नयाँ शोरुममा पुगेर टी–१ को प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सक्नेछन्। NAIMA Expo मा देखिएको ग्राहकको चासोलाई बजारमा निरन्तरता दिन नयाँ शोरुमले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ।