काठमाडौं । जुनियर क्रिकेट लिग (जेसीएल)–सिजन २ मा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी टी–१० इन्डोर छात्र क्रिकेट प्रतियोगिताको प्रिक्वाटरफाइनलमा आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले श्री गम्भीर समुन्द्र सेतुसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै डिएभी ‘रातो’ र चेल्सी वर्ल्ड स्कुल, मानसिंह र पुष्पसदन तथा डिएभी ‘नीलो’ र क्रिएटिभबीच प्रतिस्पर्धा हुनेछ ।
बाँकी खेलमा सत्य साइ शिक्षा सदनले जेम्स, नेरिक एकेडेमीले केएमसी, द सेलिब्रेसन को–एडले ह्वाइटहाउस तथा भ्याली पब्लिकले एन्जल्स हार्ट माविको सामना गर्नेछन् ।





