काठमाडौं । फिल्म ‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल देखिने भएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टले सौगातसँग अभिनय सम्झौता फिल्ममा भित्र्याएको हो ।
चर्चित उपन्यासकार बुद्धिसागरको कथा र पटकथा लेखेका रहेको फिल्म ‘एपिक एक्सन ड्रामा’मा बन्न लागेको हो । आगामी भदौको पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको ७० दिन छायांकन तालिका रहेको छ । फिल्म अधिकांश पूर्वी नेपालमा खिचिनेछ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे हुन् । मानकृष्ण महर्जनको डीओपी, श्रीश्रेष्ठको एक्सन रहने फिल्मको डिजिटल पाटर्नरमा ओएसआर डिजिटल र पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ ।
फिल्मको वितरकमा डिसीएन रहेको छ । फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् ।





