नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव ऋण नतिरेको प्रकरणमा थप कानुनी दबाबमा परेका छन्। मुम्बईस्थित सेन्ट्रल बैंक अफ इन्डियाले उनको धितो राखिएको अचल सम्पत्ति आगामी सेप्टेम्बर ९ मा लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजपाल यादवले बैंकलाई करिब १६६.१ मिलियन भारतीय रुपैयाँ तिर्न बाँकी छ। बैंकले उत्तर प्रदेशको शाहजहाँपुरमा रहेको उनको खेतबारी र घरसहितका दुई अचल सम्पत्ति लिलामीका लागि सूचना सार्वजनिक गरेको हो। ती सम्पत्तिको अनुमानित मूल्य ३१.९ मिलियन भारतीय रुपैयाँ रहेको बताइएको छ।

राजपाल यादवले आफ्नो फिल्म ‘आता पता लापता’ निर्माणका लागि सेन्ट्रल बैंक अफ इन्डियाबाट ऋण लिएका थिए। निर्धारित समयमा ऋण चुक्ता नगरेपछि बैंकले धितो सम्पत्ति आफ्नो नियन्त्रणमा लिएर लिलामी प्रक्रिया सुरु गरेको जनाएको छ।

ADVERTISEMENT

यससँगै अभिनेता यादवको ऋणसम्बन्धी विवाद अझै समाधान हुन नसकेको देखिएको छ।

ADVERTISEMENT