काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’मा केन्द्रीय सदस्य उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरेका छन्।
आइतबार जारी प्रेस विज्ञप्तिअनुसार केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई थप गरिएको हो।
कांग्रेसले गत वैशाखमा अन्य राजनीतिक दलसँग आवश्यक संवाद, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन केसीको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। अहिले दुई नयाँ सदस्य थपिएसँगै समितिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।




