काठमाडौँ । चलचित्र ‘एक्का मिस्सी बादशाह’ को बन्ने भएको छ । सञ्जय राईको डेब्यु निर्देशन रहने चलचित्रको शनिबार निर्मााण् घोषणा गरिएको हो ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन् । उनी चलचित्रमा ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।

ADVERTISEMENT

अभिनेत्री साम्राज्ञी केही समयको विश्रामपछि चलचित्रमा फर्किएकी हुन्। केही समयको अन्तरालपछि नयाँ चलचित्रमा जोडिएकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले चलचित्रमा ग्याप देखिएको बताउँदै यो चलचित्रमा आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै चलचित्रलाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।

ADVERTISEMENT

चलचित्रको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले चलचित्रको कथावस्तुको संकेत गर्छ ।

सञ्जयले चलचित्रमा युवा पुस्ताको कथामा आधारित रहेको बताए । उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।बेलायत बस्दै आएका सञ्जयले लामो समयदेखि चलचित्र मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए ।

चलचित्रको कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने चलचित्रमा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । फिल्मको छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।