काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बुधबार हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् ।

नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठलगायत सहभागी हुनेछन् ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा सरोकारवाला, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग छलफल गरिसकेका छन् ।