काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (SRS Airbag Inflator) देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ । स्याकार नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता कम्पनी हो ।

यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन् । जसमा सिटी, सिभिक, सिआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन् ।

ADVERTISEMENT

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्नेछन् ।

ADVERTISEMENT

यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।

ADVERTISEMENT

सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकहरूले स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (होन्डा कार्स सर्भिस सेन्टर) धोबीघाट, ललितपुरमा सम्पर्क नम्बरहरूः ०१–५१५३५४२, ९८०११२८९१०, ९८०११०८१११ फोन गर्न सक्नेछन् । साथै, [email protected] मा इमेल गर्न सकिनेछ ।