काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरीको कुटाइबाट गम्भीर घाइते भई शिक्षण अस्पतालमा उपचाररत जेनजी अभियन्ता माजिद अन्सारीलाई भेटेका छन् ।

आइतबार दिउँसो शिक्षण अस्पताल पुगेर पौडेलले अन्सारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । पौडेलसमक्ष अन्सारीले आफ्नो के अपराध थियो र यसरी निर्मम तरिकाले प्रहरीले कुट्यो भनेर प्रश्न गरेका थिए ।

ADVERTISEMENT

‘आज शिक्षण अस्पतालमा माजिद अन्सारीलाई भेट्दा उनको प्रश्न थियो– ‘मैले के अपराध गरें र मलाई यसो गरियो ?’ पौडेलले भने ।

महामन्त्री पौडेलले माजिद सरकारको भुइँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको सिकार भएको बताउँदै के सरकारले जे गरे पनि कसैले प्रश्न नगरोस् भन्ने चाहेको हो ? भनेर प्रश्नसमेत गरेका छन् । ‘लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नहरु उत्तरदायित्व र सुशासनका आधार हुन्, शत्रु हैनन्,’ उनले भने ।

ADVERTISEMENT

शनिबार कीर्तिपुरस्थित हाेल्डिङ सेन्टर पुगेका बेला प्रहरीले माजिद अन्सारीमाथि निर्घात कुटपिट गरेकाे थियाे । प्रहरीले विद्यार्थी भएर राजनीति गर्ने भन्दै माजिदका शरीरका विभिन्न भागमा आक्रम०ा गरेकाे थियाे । माजिदलाई शनिबार राति नै उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएकाे थियाे ।