काठमाडौं — आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरको केन्द्रमा नायक दील श्रेष्ठ हल्दी डे मनाइरहेको दृश्यमा देखिएका छन्।

पोस्टरमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठलगायत कलाकारहरूको पनि उपस्थिति छ। नम्रता श्रेष्ठको हातमा हुनेवाला दुलाहालाई बधाइ दिन ल्याइएको बुके देखिएको छ भने मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा देखिएकाले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको संकेत मिल्छ। पोस्टरले चलचित्र पारिवारिक ड्रामामा आधारित रहेको झल्काएको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह तथा विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

ADVERTISEMENT

ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ।

ADVERTISEMENT