काठमाडौं — गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधनका लागि रोस्ट्रममा पुगे पनि भावुक बनेपछि बोल्न नसकी फर्किएका छन्।

विशेष समय लिएर संसद्लाई सम्बोधन गर्न रोस्ट्रममा पुगेका गृहमन्त्री गुरुङ केहीबेर मौन रहे। त्यसक्रममा उनी भावुक देखिएका थिए।

ADVERTISEMENT

आँखाभरि आँसु आएपछि उनले सम्बोधन अघि बढाउन सकेनन् र कुनै प्रतिक्रिया नदिई रोस्ट्रमबाट आफ्नो स्थानमा फर्किएका हुन्।

ADVERTISEMENT

गृहमन्त्री किन भावुक बने भन्ने विषयमा संसद्मा तत्काल कुनै औपचारिक जानकारी गराइएको छैन। तर उनको यो दृश्यले केहीबेर प्रतिनिधिसभाको बैठक भावुक बनेको थियो।