काठमाडौं । चर्चित कमेडियन सुमन कोइराला र प्रभात लामा अब ठूलो पर्दाको चलचित्रमा देखिने भएका छन् ।

‘दले दाइ’ नामबाट चर्चित कमेडियन सुमन कोइरालाले राइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्र ‘तिरिमिरी झ्याइँ’ बाट सिनेक्षेत्रमा डेब्यू गर्न लागेका हुन्।

ADVERTISEMENT

हास्यव्यङ्ग्यात्मक कथामा बन्ने ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीको उपस्थितिमा चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो।

ADVERTISEMENT

मुहूर्त सटसँगै चलचित्रको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ। फिल्मको छायांकन असार २९ गतेबाट सुरु हुने छ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको चलचित्रलाई समीरले निर्देशन रहनेछ।

चलचित्रमा सुमनसहित दिग्गज अभिनेता धिरेन, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ।

ADVERTISEMENT

यस्तै, रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा कमेडियन प्रभात लामा अनुबन्ध भएका छन्। टेलिभिजन र विभिन्न मञ्चमार्फत दर्शकलाई आफ्नो कमेडीले मनोरञ्जन दिँदै आएका प्रभात लामाले अब सिनेक्षेत्रमा पाइला चालेका छन् । चलचित्रमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको पनि मुख्य भूमिका रहेको छ ।