काठमाडौं । जारी फिफा विश्वकपमा इजिप्टसँगको उत्कृष्ट पुनरागमनमा अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ । प्रि क्वार्टर फाइनल खेलमा ७८ औँ मिनेटसम्म दुई गोलले पछाडि परेको अवस्थाबाट अर्जेन्टिनाले पुनरागमन जित निकालेको हो ।
पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । लगत्तै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीलाई पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर थियो । तर, उनको प्रहार इजिप्सियन गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफमा फेरि इजिप्टले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । तर, ७८ औँ, ८३ औँ र इन्जुरी टाइममा गोल गर्दै अर्जेन्टिाले क्वार्टर फाइनलमा स्थान पक्का गर्यो ।
मेस्सीले जारी विश्वकपमा ८ गोल गरेर गोल्डेन बुटको प्रतिस्पर्धामा आफूलाई सबैभन्दा अगाडि पुर्याएका छन् । उनको विश्वकपमा यो २१ औँ गोल हो । फ्रान्सका किलियन एमबाप्पेले जारी विश्वकपमा ७ गोल गरिसकेका छन् भने उनको विश्वकपमा १९ गोल पुगेको छ ।






