काठमाडौं । नेपाली बजारमा अल्ट्राभायोलेट एफ७७ म्याच२ इलेक्ट्रिक बाइक भित्रिएको छ । केडिया इन्टरनेसनलले यो बाइक नेपालमा भित्र्याएको हो । केडिया अल्ट्राभायोलेट एफ७७ म्याच२ बाइकको आधिकारिक बिक्रेता पनि हो ।

अल्ट्राभायोलेट एफ७७ म्याच२ उच्च गतिको विद्युतीय स्पोर्टबाइक हो । जसले विशेषगरी परफर्मेन्स फोकस्ड राइडर्सलाई लक्षित गरेको छ । नेपालमा यसको मूल्य करिब आठ लाख ९९ हजार रुपैयाँबाट सुरु भई नौ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छ ।

ADVERTISEMENT

यसको मूल्य उच्च हुनुको मुख्य कारण यसको एडभान्स्ड ब्याट्री र टेक्नोलोजी प्याकेज रहेको छ । यसमा १०.३ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ३२३ किलोमिटरसम्मको माइलेज दिन्छ ।

ADVERTISEMENT

यो बाइकले ६० किलोमिटर प्रतिघण्टाको गति केवल २.९ सेकेन्डमै समात्न सक्छ र यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसको सबैभन्दा ठूलो आकर्षण टेक्नोलोजी प्याकेज हो, जहाँ ट्रयाक्सन कन्ट्रोल, डायनामिक स्टाबिलिटी कन्ट्रोल, १० लेभल रिजेनेरेटिभ ब्राकिङ, हिल होल्ड, रिभर्स पार्क एसिस्ट, क्र्यास डिटेक्सन र ५ इन्च टिफट डिसप्लेसहित नेभिगेसन जस्ता आधुनिक विशेषता छन् ।

ADVERTISEMENT

साथै, यसमा ग्लाइड, कम्ब्याट र ब्यालेस्टिक जस्ता तीनवटा राइडिङ मोडस् पनि दिइएको छ, राइडिङ अनुभवलाई अझ कस्टमाइज्ड बनाउँछ ।

कम्पनीले यसमा आठ वर्ष वा आठ लाख किलोमिटरसम्मको ब्याट्री वारेन्टी प्रदान गरेको छ, जुन इभी सेग्मेन्टमा निकै आकर्षक मानिन्छ । नेपालमा यसका लागि फाइनान्सिङ विकल्पहरू पनि उपलब्ध गराइएको छ । पुराना पेट्रोल वा इलेक्ट्रिक बाइक साट्दा करिब एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनससमेत पाउने सुविधा रहेको छ ।