काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा नेपाल–भारत रियल–टाइम पर्सन–टु–पर्सन (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार नयाँ सेवामार्फत नेपाल र भारतका प्रयोगकर्ताले सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।
यो प्रणालीमा बैंक खाताको विवरण सार्वजनिक नगरी भर्चुअल पेमेन्ट एड्रेस (VPA) र यूपीआई (UPI) आईडीमार्फत कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। नेपाली प्रयोगकर्ताले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले UPI आईडी प्रयोग गरी नेपाल–भारतबीच सहज रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार यो सेवाबाट विशेषगरी विद्यार्थी, व्यवसायी, पर्यटक तथा नेपाल–भारतबीच नियमित आवतजावत गर्ने व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
सानिमा बैंकले हाल देशभर १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।






